फागुन १५ भित्र जेनजी प्रदर्शनका घाइतेकाे विवरण बुझाउन सरकारकाे निर्देशन

काठमाडाैं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पूर्ण विवरण उपलब्ध गराउन देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, उपचारमा संलग्न भएर पनि विवरण छुट भएका घाइतेहरूको जानकारी तत्काल मन्त्रालयमा पठाउन भनिएको हो।

घाइतेहरूको उपचार र राहत प्रक्रियालाई थप प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र विवरण संकलन गरिसक्ने निर्णय गरेको छ। सोही निर्णयनुसार मन्त्रालयले सबै अस्पतालहरूलाई तोकिएको समयभित्र विवरण पठाउन ताकेता गरेको हो। फागुन १ देखि १५ गतेभित्र प्राप्त भएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली सार्वजनिक गर्ने सरकारको तयारी छ।

मन्त्रालयको तथ्याङ्कअनुसार जेनजी प्रदर्शनका क्रममा कुल २ हजार ५९९ जना घाइते भएका थिए। तर, हालसम्म केवल २०० जना घाइतेको मात्र वर्गीकरणसहितको विवरण प्राप्त भएको छ। धेरै घाइतेहरू अझै सम्पर्कमा नआउनुको कारण सामान्य चोटपटक लागेकाहरूलाई सरकारी सुविधा उपलब्ध नहुने प्रावधान हुनसक्ने प्रवक्ता बुढाथोकीले अनुमान गरे।

सरकारले घाइतेहरूको अवस्था हेरेर वर्गीकरण गर्ने र सोही अनुसार मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। ‘अति गम्भीर’ श्रेणीमा परेका घाइते र उनीहरूको स्याहार गर्ने व्यक्तिलाई मासिक ९ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

त्यसैगरी, ‘गम्भीर’ घाइतेलाई मासिक ९ हजार र ‘मध्यम’ घाइतेलाई मासिक ४ हजार रुपैयाँ राहत स्वरूप प्रदान गरिने मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा