एमालेअध्यक्ष केपी शर्मा ओलीका बुवाकाे ९७ वर्षको उमेरमा निधन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।

केही समयदेखि अस्वस्थ रहेका उनको भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको छ। निवासमा श्रद्धाञ्जली अर्पण गरेपश्चात् आजै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने बताइएको छ।

उनको निधनको खबर सार्वजनिक भएलगत्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा