काठमाडौं,कांग्रेसका नेता तथा सांसद डा. अमरेश कुमार सिंहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमि फिर्ता ल्याए आफू आजिवन ओलीको जुत्ता पालिस गरेर बस्ने घोषणा गरेका छन् ।राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
यो कुनै हालतमा फिर्ता आउँदैन् । केपी ओलीले नै चाहेका छैनन् ।उनले भनेका छन्,यो उनको उग्र राष्ट्रवाद हो ।केपी ओलीभन्दा बढि राष्ट्रवादी म हुँ।यस्तो राष्ट्रवादले केही हुनेवाला छैन् ।बहस गरौं । ओलीलाई बोलाउनुहोस मेरो अघि ।’उनले केपी ओलीले प्रधानमन्त्री हुनुअघि थाईल्याण्डको बैंककमा भाजपा नेता राममाधवसँग सम्झौता गरेको र उनले हिन्दराष्ट्र नेपाल बनाउँछु भनेर एग्रिमेन्ट गरेको पनि सनसनीपूर्ण आक्षेप लगाएका छन् ।
उनकाअनुसार र्वतमान ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड तीनै जना असफल भैसकेका छन् ।उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री नबन्ने ठोकुवा गरे ।ओली, देउवा र दाहालको नेतृत्वमा मुलुक अघि बढ्न नसक्ने सिंहको दाबी छ । सरकारले नक्सासबन्धी अघि बढाएको संविधान संशोधन विद्ययेयकमा आफूहरुले निशर्त मतदान गर्नेपनि विश्वास दिलाए ।
तर, कांग्रेसले अघि बढाएको गैरसरकारी विद्येयकमा पनि ओलीले मतदान गर्नुपर्ने उनको शर्त छ । उनले भने,’त्यसको ग्यारेन्टी देउवाले पनि दिनुपर्छ ।’सिंहले नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढिसकेको र अब विस्तारै उसले नेपालमा प्रभाव जमाउने टिप्पणी गरेका छन् । उनले अब नेपालमा सेना र अदालतको सक्रियता बढ्ने पनि दाबी गरे । उनले भने,’सेना र अदालतको ईन्ट्रेष्टमा नयाँ शक्ति जन्मिन्छ । र, त्यही शक्तिले देशमा शासन चलाउँछ ।’ श्रोत रिपोटर्सनेपाल