एनपीएल अक्सनमा नयाँ कीर्तिमान: २० लाखमा लुम्बिनी लायन्समा आबद्ध भएसँगै आसिफ शेख बने सर्वाधिक महँगा खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्न सफल भएका छन्। सोमबार सम्पन्न अक्सनमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले उनलाई अधिकतम २० लाख रुपैयाँमा अनुबन्ध गर्दै आफ्नो टोलीमा भित्र्याएको हो।

‘ए’ श्रेणीमा रहेका आसिफको न्यूनतम आधार मूल्य १५ लाख रुपैयाँ तोकिएको थियो। अक्सनका क्रममा काठमाडौं गोर्खाजबाहेक अन्य सातवटै फ्रेन्चाइजी टोलीले उनलाई २० लाख रुपैयाँ तिर्न तयार भएपछि गोलाप्रथा (लक्की ड्र) मार्फत निर्णय गरिएको थियो। जसमा भाग्यमानी साबित हुँदै लुम्बिनी लायन्सले उनलाई टोलीमा अनुबन्ध गर्ने अवसर प्राप्त गर्‍यो।

एनपीएलमा मार्की खेलाडीको मूल्य २० लाख रुपैयाँ निर्धारण गरिएको भए पनि अक्सन प्रक्रियामार्फत कुनै पनि खेलाडीले २० लाख रुपैयाँ पाएको यो पहिलो ऐतिहासिक घटना हो। यसअघि ‘ए’ श्रेणीका खेलाडीहरूको अधिकतम मूल्य १५ लाख रुपैयाँसम्म मात्रै पुगेको थियो। टोलीहरूबीचको उच्च प्रतिस्पर्धाका कारण कीर्तिमानी मूल्य पाएका आसिफको प्रवेशले लुम्बिनी लायन्स थप बलियो बनेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा