नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाडौँ जिल्ला अदालतद्वारा उच्चपदस्थसहितका आरोपितहरू दोषी करार

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पारिएको बहुचर्चित ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाएको छ। मङ्गलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री तथा तत्कालीन उच्चपदस्थ सरकारी अधिकारीहरूलाई दोषी ठहर गर्दै फैसला गरेको हो।

अदालतले यस गम्भीर प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई मुख्य कसुरदारका रूपमा किटान गरेको छ। त्यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल, नरेन्द्र केसी र शमशेर मियाँलाई सङ्गठित ठगी अपराधको ‘मतियार’ (सहयोगी) का रूपमा दोषी ठहर गरिएको छ। सानु भण्डारी, केशवप्रसाद दुलाल र सन्देश शर्मालाई भने यस सङ्गठित अपराधको मुख्य योजनाकार मानिएको छ। आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेश पठाउने जस्तो कार्यले राष्ट्रकै छविमा गम्भीर आँच पुर्‍याएको भन्दै रायमाझीसहित ९ जनालाई ‘राज्यविरुद्धको कसुर’मा समेत अदालतले दोषी देखाएको छ।

यसैबिच, पर्याप्त प्रमाणको अभाव रहेको भन्दै अदालतले ६ जना प्रतिवादीलाई भने सफाइ दिएको छ। सफाइ पाउनेहरूमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधार र आशिष बुढाथोकी रहेका छन्। अदालतका अनुसार दोषी ठहर भएका सम्पूर्ण व्यक्तिहरूलाई हुने सजायको प्रकृति र कैद अवधि भने आगामी असार २९ गते निर्धारण गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा