काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ। प्रतिनिधि सभाको बैठक सकिएलग्गै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक आह्वान गरिएको रास्वपाले जनाएको छ।
भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र तटीय क्षेत्रमा पुगेको ठूलो जनधनको क्षति, उद्धार तथा राहत कोष सञ्चालनका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपा सचिवालयले जानकारी दिएको छ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट स्वयंसेवक परिचालन, राहत सामाग्री हस्तान्तरण र स्थानीय तह तथा राज्यका संयन्त्रहरूसँग समन्वय गर्ने विषयमा आवश्यक निर्णय गरिने बताइएको छ।





