विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीको ठूलो टोली परिचालन

काठमाडौँ । चीनको तिब्बततर्फबाट रसुवा हुँदै आएको भीषण बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रहरूमा विभिन्न युनिटबाट टोलीहरू परिचालित भइसकेका छन्। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा पुगेका छन्।

बाढी र डुबानमा परेका नागरिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि सुरक्षाकर्मीको टोलीले उच्च सतर्कताका साथ सक्रियतापूर्वक काम गरिरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा