काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गगनकुमार थापा पार्टीको सभापतिमा विजयी भएका छन्।
निर्वाचन समितिको नतिजा अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।
कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ९३.८८ प्रतिशत मत प्राप्त गर्दै थापाले कांग्रेसको नयाँ नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि पार्टीको महामन्त्रीका रूपमा सांगठनिक सुधार र परिवर्तनको एजेन्डा बोल्दै आएका थापाको यो विजयलाई कांग्रेस राजनीतिक वृत्तमा ऐतिहासिक रूपमा हेरिएको छ।





