परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता, द्विपक्षीय हित र जलवायु एजेन्डाबारे छलफल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच उच्चस्तरीय भेटवार्ता भएको छ । भेटघाटका अवसरमा दुई देशबीचको ६ दशकभन्दा लामो ऐतिहासिक एवं मैत्रीपूर्ण सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउने विषयमा गहन छलफल भएको छ ।

वार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले अस्ट्रेलियाको सामाजिक तथा आर्थिक विकासमा नेपाली समुदाय (डायस्पोरा) ले पुर्‍याएको सकारात्मक योगदानको चर्चा गर्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको हकहित र कल्याणका विषयमा विशेष चासो व्यक्त गर्नुभयो । गभर्नर–जनरल मोस्टिनले अस्ट्रेलियामा नेपाली समुदायको सक्रिय उपस्थितिको प्रशंसा गर्दै द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी, अस्ट्रेलियाले अध्यक्षता गर्न लागेको आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) को सन्दर्भमा जलवायु परिवर्तनका असरहरूबारे पनि छलफल भएको छ । भेटमा नेपालको मुख्य जलवायु एजेन्डाका रूपमा रहेका हिमालय संरक्षण, जलवायु उत्थानशीलता अभिवृद्धि तथा पूर्वचेतावनी प्रणालीको स्थापनामा अस्ट्रेलियाको दरिलो समर्थन र साझेदारी जुटाउने विषयमा सकारात्मक कुराकानी भएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा