काठमाडौँ। नेपालले साउदी अरबको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा आक्रमणबाट कैयौँको ज्यान गएको र धेरै जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ।
नेपालले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइeteहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। ‘कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउनु हुँदैन,’ वक्तव्यमा भनिएको छ।
नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्न आग्रह गरेको छ। साथै, नेपालले साउदी अरबका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।





