तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका उनी बुधबार साँझ काठमाडौँ आइपुगेका हुन् ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकमा क्षेत्रीय सुरक्षा सहकार्य र आपसी समन्वयका विषयमा छलफल भएको थियो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा