कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश स्नेही निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणामअनुसार ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनमा दलित क्लस्टरको नतिजाले कार्यकर्तामा उत्साह थपेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा