स्याङ्जा, फेदीखोला गाउँपालिकामा आज बिहान ८:५० बजे सवारी दुर्घटना भएको छ ।
फेदीखोला गाउँपालिका वडा नं २ फेदीखोला बजार मोडस्थित सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट पोखरा तर्फ जाँदै गरेको ग१ख ७६११ नम्बरको टिप्पर र बिपरीत दिशाबाट आईरहेको ग१ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खाँदा चार जना घाईते भएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी अनुसार सवारी दुर्घटनामा परी टिप्पर चालकसहित चार जना घाईते भएका हुन् ।