अनेरास्ववियू स्याङ्जाले आफ्नो संगठन बिस्तार अभियानलाई तीब्र पारेको छ,यसैबीच शुक्रबार एकै दिन वालिङ नगरपालिका भित्र रहेका ३ वटा क्याम्पस तथा बिद्यालयमा संगठन बिस्तार गरेको छ सरस्वती मा.वि. वालिङ १३ मा कबिता पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय प्रारम्भिक कमिटी निर्माण भएको छ।
जसको उपाध्यक्षमा दिपेस गहतराज सचीवमा सुमित पराजुली सहसचिवमा प्रकृति पाठक ओम बहादुर घर्ती बद्री न्यौपाने र कोषाध्यक्षमा कल्पना विक रहेका छन् त्यस्तै जनहित मा.वि वालिङ १४ मा दिव्या पराजुलीको अध्यक्षता ३९ सदस्यीय प्रारम्भिक कमिटी निर्माण भएको छ ।
जसको उपाध्यक्षमा निशान्त तिवारी सचीवमा मेलिन अर्याल सहसचिवमा सन्जिता कुवर रेजिना तिवारी नम्रता पौडेल र कोषाध्यक्षमा प्रतिमा कुवर रहेका छन् उता उपल्लो पेखु मा.वि.मा आस्था पंगेनीको अध्यक्षतामा ३१ सदस्यीय प्रारम्भिक कमिटी निर्माण भएको छ जस्को उपाध्यक्षमा सन्देश थापा सचीवमा अन्किता थापा सहसचिवमा मति श्रेष्ठ निशा भुसाल रन्जित खवास र कोषाध्यक्षमा अर्जुन खनाल रहेका छन् ।
उक्त भेलाहरुमा अनेरास्ववियू विभिन्न तहमा रहेका नेताहरुले सम्बोधन गरेका थिए।