पदाधिकारीको नियुक्ति र शपथ ग्रहण रोक्न माग

संवैधानिक अंगका पदाधिकारीको नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै दायर भएको रिटमाथि सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता निदेश त्रिपाठीले दायर गरेको उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता त्रिपाठीले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । तर, गत बुधबार पदाधिकारीहरुले नियुक्ति तथा शपथ ग्रहण गरेर जिम्मेवारी सम्हालीसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा