पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु

सोमबार दिउसो २ :१५ बजे भएको दुर्घटनामा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेलामा प्याराग्लाइडिङ दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते हुनुभएका थापालाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा साँझ करिब ४ :४५ बजे निधन भएको डिएसपी हमालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा