साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीका बेला बुटवलका रोबर्ट ब्वाई भनेर चिनिने जुम्ल्याहा लव र कुश पन्थीले रोबर्ट नर्स बनाएका छन्। जसलाई गो–गो कोरोना रोबर्ट नाम दिइएको छ।कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पतालहरू बिरामीले भरिएका छन्। उनीहरूको सेवामा खटिने जनशक्ति व्यवस्थापन चुनौती छ।
त्यसमाथि सुरक्षण उपकरण प्रशस्त छैनन्।
सेतो पहिरन, रेडक्रस कोरिएको सेतै टोपी। हातमा औषधि, स्यानिटाइजर, पानी र केही फलफूलसहितको थाली। झट्ट देख्दा लाग्छ यी नर्स हुन्, जो बिरामीको स्याहारमा जुटेकी छन्। बुटवलका जुम्ल्याहा दाजुभाइले तयार पारेको यो नर्स मानव नभई रोबर्ट हो। जसले नर्सले जस्तै बिरामीलाई औषधि, खानेकुरा पुर्याउन सक्छ। यसलाई कन्ट्रोल रूपमा बसेर कजाउन सकिन्छ।
अभावलाई पूर्ति गर्ने र कम जनशक्तिबाटै संक्रमितको सेवा गर्ने हेतुले बुटवलमा ‘रोबर्ट नर्स’ तयार गरिएको छ। बुटवलका रोबर्ट ब्वाई भनेर चिनिने जुम्ल्याहा लव र कुश पन्थीले रोबर्ट नर्स बनाएका हुन्।
कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्र मानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरुले ‘गो कोरोना’ नामको रोबोटिक नर्स बनाएका हुन् ।
एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । ४ फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।
मोबाइलमा एप्लिकेसनमार्फत रोबोटलाई चलाउन, दिशा परिवर्तन गर्न र रोक्न सकिन्छ । १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दूरीसम्म जान र फर्कन सक्छ ।
रोबोटलाई चाहेको दिशामा गुडाउन र मोड्न सकिन्छ । यो रोबोट चलाउन इन्टरनेट पनि चाहिँदैन । ‘रोबोटले अस्पतालको बेडमा रहेका बिरामीलाई औषधि, सेनिटाइजर, पानी, खाना आदि पुऱ्याइदिन सक्छ’, लव पन्थीले भने, ‘भाइरस संक्रमणको जोखिम नहोस् भनेर तामा, प्लास्टिक र प्लाइउडबाट रोबोट बनाएका छौं ।’यसअघि लव–कुशले कक्षा ८ मा पढ्दै गर्दा पहिलोपटक अंग्रेजी भाषामा बोल्ने गो–गो–१ रोबोट बनाएका थिए ।
त्यसपछि नेपाली भाषा बोल्ने, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न सक्ने विशेषताको गो–गो– २ र लब कुश मार्स रोबोट गरी तीनथरीका रोबोट बनाइसकेका थिए । केही दिनअघि उनीहरूले तिलोत्तमा प्रवेशद्वारामा जडान गरिएको स्टानिटाइजर स्टेसनका लागि सेन्सर सिस्टम डिजाइन गरेका थिए ।
…भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस….