मनिषा कोइरालाको टुईट पछि भारती मिडियाले नायिका मनिषा कोइरालाको घोर बिरोध भएको थिय भने नेपाली नागरिकले भने उनलाई साथ दिएका थिए ।
नेपालको नयाँ नक्सा जारी भएपछि अभिनेत्री मनिषा कोइरालाले नेपालको प्रयास सकारात्मक भएको बताउँदा भारतीय मिडियाहरु उनीमाथि नै खनिएका छन् ।
उनले नेपालको साथ दिएर लेखेको टुईट गरेपच्ची भारतीय मिडियाले उनलाई ‘खाते भारतका और गाते चीनका’ भन्दै तुच्छ गालीगलौज गरेका छन् ।
अभिनेत्री ऋचा शर्माले यसैक्रममा सामाजिक सञ्जालमा मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएको बताएकी छिन् ।
फेसबुकमा एक स्टाटस लेख्दै बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेको र कसैको कृपा र परोपकारले उनी बलिउडमा नछाएको बताएकी छिन् ।
चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’ मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।
प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन । म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।
तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।
-रिचा शर्मा-