अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका दिग्गज मानिने कलाकारहरुको रवैया र ब्यवहार कारण नयाँ कलाकारहरुले यस्तो निर्णय लिन बाध्य हुने गरोको अभिब्यक्ती आएका छन् ।
१० वर्ष अघि दबंग फिल्मको निर्देशन गरेका निर्देशकले आफ्नो १० वर्षको लामो समयमा यस्ता कलाकार र परिवारवादका कारण आफुले पाएको यातनाका बारेमा खुलेर लेखेका छन् ।अर्की अभिनेत्री कंगना रनावतले पनि वलिउडमा परिवारवादका कारण अन्य कलाकारले अपहेलनाको सामना गर्नुपरेको उल्लेख गरेकी छन् ।
कंगनावाट सुरु भएको यस्तो अभियानमा अहिले धेरै कलाकार सहभागी भएका छन् ।अर्का एक कलाकारले पनि आफु कसरी सलमान खान र शाहरुक खान जस्ता कलाकारका कारण छाँयामा परें भन्ने कुराको खुलासा गरेका छन् । सलमान र शाहरुखसंग प्रकाशन भएको एउटा म्यागजिनको कभर फोटो शेयर गर्दै उनले उनीहरुबाटै आफ्नो करियरमा धक्का पुगेको उल्लेख गरेका छन् ।
नाम उल्लेख नगरी उनले तस्बिर शेयर गरेर आफ्ना खराव अनुभव शेयर गरेका छन् । अभिनेता साहिल खानले तस्बिर शेयर गर्दै लेखेका छन्, जिन्दगीमा यस्तो पनि हुन्छ की आफ्नो पहिलो फिल्म पछि नै भारतका ठूलो सुपरस्टारका साथमा भारतकै सबैभन्दा ठूलो फिल्म म्यागेजिनमा कभर तस्बिर छापिएको होस् ।
उनी अगाडी लेख्छन् बलिउडका कलाकार सुशान्त राजपुतको निधन पछि बलिउड भित्रको यस्तो साँचो कुरा बाहिर आएको छ कि जुन कुरा धेरैलाई थाहा थिएन ।ग्ल्यामर क्षेत्रमा चमकदार जिवनको पछाडी लुकेको यस्तो तितो साँचो अहिले विस्तारै बाहिर आउँदै छ । धेरै कलाकारले सुशान्तको निधन पछि आफुले भोगेका यस्ता अनुभव सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।
उनले सलमान खान र शाहरुख खा प्रति अप्रत्यक्ष संकैत गर्दै उनीहरुका कारण धेरै कलाकारको भविष्य वर्वाद भएको उल्लेख गरेका छन् । उनले यि दुई कलाकारसंगै आफ्नो तस्बिर रहेको पोष्टर शेयर गर्दै लेखिएको क्याप्सनमा विशेष जोड दिएका छन्, जसमा लेखिएको थियो फिल्म क्षेत्रमा अर्को एउटा खान आएको छ ।
उनले आफुसंग भएका यि दुई सलमान र शाहरुख मध्य एकजना कलाकारलाई फोटोमा लेखिएको क्याप्सन प्रति आपत्ती भएको उल्लेख गरेका छन् । ति त्यस्ता कलाकार हुन् जसले फिल्म क्षेत्रमा अरु कोही आएर चर्चीत होस् भन्ने चाहन्नथे । ति ब्यक्ति को हुन् ? उनले स्टाटसमा लेखेका छन् ।
म त निकै सानो थिए, नयाँ कलाकार थिए तर पनि यि चर्चीत कलाकारलाई म बलिउडमा आएको प्रति डर किन ? उनको प्रश्न छ । उनले यि कलाकारका कारण आफु पनि डि प्रेशनमा गएको बताएका छन् ।उनले आफुलाई त्यसपछि यि कलाकारले कहिले साइड रोलको लागि बोलाउने, कहिले टिभी शोका लागि बोलाउने गर्न थालेको बताएका छन् ।
यिनीहरुको समुहले आफुलाई कति फिल्मवाट निकालिदिएको पनि साहिलले बताएका छन् । सुशान्तलाई जस्तै मलाई पनि गरेका थिए उनी लेख्छन् तर मलाई अब केही फरक पर्दैन, किनकी सुशान्तले यिनीहरुको असली अनुहार सबैको सामु देखाइदिएका छन् । यिनीहरु नयाँ कलाकार र अरुको पौरख देखि कति डराउँछन् भन्ने कुराको उदाहरण हो ।
साहिलले फिल्म क्षेत्रमा जान अब्राहम बाहेक कोही पनि नयाँ ब्यक्ति फिल्म क्षेत्रमा नआएको र त्यसो हुनुमा यि कलाकारहरु नै अरुलाई आउन नदिने गरेको बताएका छन् ।त्यस्तै फिल्म दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटसले वलिउड फिल्म भित्रका धेरै कर्तुतहरुका बारेमा उजागर गरेको छ ।
अभिनेता सुशान्त राजपुतको निधन पछि उनले सुशान्तले यस्तो निर्णय गर्नुका पछाडीको निकै दर्दनाक कहानी प्रस्तुत गरेका छन् ।बलिउडमा कसरी नाम चलेका र परिवारवादवाट फिल्ममा नाम कमाएकाहरुले अन्य क्षेत्रवाट फिल्म नगरीमा आएकाहरुको शो षण गर्छन भन्ने कुराको खुलस्त उदाहरण प्रस्तुत गरेका छन् ।
उनी अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक हुन् । उनले आफुले दबंग २ बनाउन नसक्नुको कारण पनि खुलाएका छन् ।यि सबै कुरामा उनले सुपरहिट नायक सलमान खान र उनका परिवारलाई मुख्य दोषी देखाएका छन् ।
त्यसै उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीले कसरी कलाकारलाई देहत्याग गर्न बाध्य बनाउँछ भन्ने कुराको फेहररिस्त प्रस्तुत गरेका छन् । उनले सलमान खानको परिवार र यो कम्पनी माथि गम्भिर ढंगलले अनुसन्धान गर्न माग गरेका छन् ।
उनले सो कम्पनीले सुशान्त राजपुत जस्ता निकै सम्भावना भएका कलाकारको भविष्य कसरी भताभुंग पार्छ भन्ने कुरा बताएका छन् । सुशान्तबारे उनले लेखेका छन्, ‘म सरकारसँग एक विस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्दछु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपूत।।। ओम शान्ति।।। तर तिम्रो लडाईं जारी रहनेछ।’
सुशान्तले जस्तै समस्याको सामना आफुले पनि गरेको भन्दै फिल्म लबंग निर्माण पछि सलमान खानको परिवारवाट आफुले पाएको ध म्की र यातनाको वर्णन गरेका छन् । दवंग फिल्म प्रदर्शनको १० वर्ष पछि आफुले यो हिम्मत गरेको भन्दै उनले सुशान्तको देहत्यागको घटनाले बलिउड फिल्म भित्रको यस्ता वास्तविकताको उजागर मि टु अभियान जस्तै अभियानका रुपमा सुरु हुन सक्ने पनि बताएका छन् ।
उनले उनले सुशान्त जस्तै बलिउडमा थुप्रै कलाकार पीडित भएको र उनीहरुले विस्तारै आफ्ना पिडा सार्वजनिक गर्दै जाने पनि बताएका छन् ।त्यसपछि उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीलाई कठघरमा उभ्याएका छन् । उनले सोही कम्पनीले सुशान्तलाई यो अवस्था सम्म पुग्न बाध्य पारेको बताएका छन् ।
कुनै पनि कलाकारलाई भविष्य राम्रो बनाइदिने प्रलोभन दिएर ठूलो कलाकाहरुका अगाडी उनीहरुलाई अपमानित गराउने, केही गर्न सक्दैनस् भन्ने भावना उत्पन्न गराइदिने र सबैतिरवाट उसलाई बहिष्कारको वातावरण बनाइदिने काम गर्ने गरेको बताएका छन् । उनले सो कम्पनीको भूमिकाका बारेमा गहिरो ढंगले अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
उनले भनेका छन्, उनीहरुले मानिसको करियर बनाउँदैनन् । उनीहरुले करियर र जीवन दुबै बर्बाद पारिदिन्छन् ।’उनले सोही कम्पनीका कारण आफु पनि १० वर्ष सम्म तनावमा रहेको बताएका छन् । सलमान खानको परिवारले सोही कम्पनी मार्फत आफुलाई तनाव दिएको, महिलाहरुलाई करणी गर्ने आफ्नो करियर बर्बाद पारिदिने ध म्की दिएको उनको आरोप छ
उनले सो कम्पनीलाई कलाकारहरुको मृत्युको पा सोको रुपमा ब्याख्या गरेका छन् । सबै मूल रुपमा सुकिला मुकिला दलाल हुन् र सबैजना यसमा समावेश छन् र अरुलाई शोषण गर्छन उनले भनेका छन् ।अभिनवले थपे, ‘सुरुमा ट्यालेन्ट स्काउट (कास्टिङ डायरेक्टर्स आदि) कट÷कमिशनमा काम गर्दै एउटा नयाँ कलाकारलाई शिकारको रुपमा प्रयोग गर्छ ।
लामो वर्षको सम्झौता गराउँछ र शोषण गर्छ । यदि उसको सम्झौता अनुसार काम गरेन भने बदलामा भारी जरिवाना पनि तोकिन्छ । यसमाथि हस्ताक्षर गराउनका लागि विभिन्न प्रकारको तरिका अपनाइन्छ र कलाकारलाई उक्त सम्झौतामा हस्ताक्षर नगरे जे पनि गर्न सक्ने ध म्की दिइन्छ ।
उनले आफुले सो कम्पनीको सम्झौता नमान्दा यस्तै अवस्थाको सामना गर्नुपरेको बताएका छन् । अभिनव कश्यपले लेखे, ‘दबंगको १० वर्षपछिअरवाज खानले श्री अष्टविनायक फिल्म्सका प्रमुख राज मेहतालाई फोन गरेर मेरा अन्य प्रोजेक्ट रोकिदिएपछि आफुले निकै ठूलो समस्याको सामना गर्नुपरेको उनले बताएका छन् ।
त्यस पछि अर्को फिल्म कम्पनीसंग जोडिदा फेरी सोहेलले फोन गरेर उनलाई पनि भ’ड्काइदिएको आरोप छ । यो हो मेरो कहानी । यसै कारणले मैले १० वर्ष अघि दबंग–२ बनाउन पछि हटेँ किनभने अरबाज खानले सोहेल खान र आफ्नो परिवारसँग मिलेर मेरो करियर नियन्त्रण गर्ने कोसिस गरे र यसका लागि हरेक तरिका अपनाउँदै मलाई ध म्की दिए ।’
जसका कारण उनले ७ करोडको आफ्नो साइनिङ अमाउन्ट पछि ९० लाख ब्याजसहित फिर्ता गर्नुपरेको बताएका छन् ।सोहेलले आफ्ना प्रोजेक्ट रोक्ने मात्र होइन ज्यान मा’र्ने , परिवारका सदस्यलाई बलात्कार गर्ने ध’म्की समेत दिएको उनको आरोप छ ।
त्यस विरुद्ध प्रहरीकहाँ रिपोर्ट गर्न जाँदा पनि आफ्नो कुराको सुनुवाई नभएको उनको भनाई छ । उनले सलमानको परिवार वि’षालु सर्पको टाउकोको संज्ञा दिएका छन् ।त्यस्तै बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ।
बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृ त्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्।
अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ। ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।
वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्। अभिनेता सुशान्तसिंहले गत आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए।