एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त राजपुतको निधन पछि उनले सुशान्तले यस्तो निर्णय गर्नुका पछाडीको निकै दर्दनाक कहानी प्रस्तुत गरेका छन् ।संगै वलिउड फिल्म भित्रका धेरै कर्तुतहरुका बारेमा उजागर गरेको छन्।
फिल्म दबंगका निर्देशक अभिनव कश्यपले एउटा लामो स्टाटस लेखेका छन् जसमा बलिउडका फिल्म भित्रका धेरै कर्तुतहरुका बारेमा लेखिएको छ। बलिउडमा कसरी नाम चलेका र परिवारवादवाट फिल्ममा नाम कमाएकाहरुले अन्य क्षेत्रवाट फिल्म नगरीमा आएकाहरुको शो षण गर्छन भन्ने कुराको खुलस्त उदाहरण प्रस्तुत गरेका छन् ।
उनी अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक हुन् । उनले आफुले दबंग २ बनाउन नसक्नुको कारण पनि खुलाएका छन् ।यि सबै कुरामा उनले सुपरहिट नायक सलमान खान र उनका परिवारलाई मुख्य दोषी देखाएका छन् ।
त्यसै उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीले कसरी कलाकारलाई देहत्याग गर्न बाध्य बनाउँछ भन्ने कुराको फेहररिस्त प्रस्तुत गरेका छन् । उनले सलमान खानको परिवार र यो कम्पनी माथि गम्भिर ढंगलले अनुसन्धान गर्न माग गरेका छन् । उनले सो कम्पनीले सुशान्त राजपुत जस्ता निकै सम्भावना भएका कलाकारको भविष्य कसरी भताभुंग पार्छ भन्ने कुरा बताएका छन् ।
सुशान्तबारे उनले लेखेका छन्, ‘म सरकारसँग एक विस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्दछु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपूत।।। ओम शान्ति।।। तर तिम्रो लडाईं जारी रहनेछ।’सुशान्तले जस्तै समस्याको सामना आफुले पनि गरेको भन्दै फिल्म लबंग निर्माण पछि सलमान खानको परिवारवाट आफुले पाएको ध म्की र यातनाको वर्णन गरेका छन् ।
दवंग फिल्म प्रदर्शनको १० वर्ष पछि आफुले यो हिम्मत गरेको भन्दै उनले सुशान्तको देहत्यागको घटनाले बलिउड फिल्म भित्रको यस्ता वास्तविकताको उजागर मि टु अभियान जस्तै अभियानका रुपमा सुरु हुन सक्ने पनि बताएका छन् ।
उनले उनले सुशान्त जस्तै बलिउडमा थुप्रै कलाकार पीडित भएको र उनीहरुले विस्तारै आफ्ना पिडा सार्वजनिक गर्दै जाने पनि बताएका छन् ।त्यसपछि उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीलाई कठघरमा उभ्याएका छन् । उनले सोही कम्पनीले सुशान्तलाई यो अवस्था सम्म पुग्न बाध्य पारेको बताएका छन् ।
कुनै पनि कलाकारलाई भविष्य राम्रो बनाइदिने प्रलोभन दिएर ठूलो कलाकाहरुका अगाडी उनीहरुलाई अपमानित गराउने, केही गर्न सक्दैनस् भन्ने भावना उत्पन्न गराइदिने र सबैतिरवाट उसलाई बहिष्कारको वातावरण बनाइदिने काम गर्ने गरेको बताएका छन् । उनले सो कम्पनीको भूमिकाका बारेमा गहिरो ढंगले अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
उनले भनेका छन्, उनीहरुले मानिसको करियर बनाउँदैनन् । उनीहरुले करियर र जीवन दुबै बर्बाद पारिदिन्छन् ।’उनले सोही कम्पनीका कारण आफु पनि १० वर्ष सम्म तनावमा रहेको बताएका छन् । सलमान खानको परिवारले सोही कम्पनी मार्फत आफुलाई तनाव दिएको, महिलाहरुलाई करणी गर्ने आफ्नो करियर बर्बाद पारिदिने ध म्की दिएको उनको आरोप छ
उनले सो कम्पनीलाई कलाकारहरुको मृत्युको पा सोको रुपमा ब्याख्या गरेका छन् । सबै मूल रुपमा सुकिला मुकिला दलाल हुन् र सबैजना यसमा समावेश छन् र अरुलाई शोषण गर्छन उनले भनेका छन् ।अभिनवले थपे, ‘सुरुमा ट्यालेन्ट स्काउट (कास्टिङ डायरेक्टर्स आदि) कट÷कमिशनमा काम गर्दै एउटा नयाँ कलाकारलाई शिकारको रुपमा प्रयोग गर्छ । लामो वर्षको सम्झौता गराउँछ र शोषण गर्छ ।
यदि उसको सम्झौता अनुसार काम गरेन भने बदलामा भारी जरिवाना पनि तोकिन्छ । यसमाथि हस्ताक्षर गराउनका लागि विभिन्न प्रकारको तरिका अपनाइन्छ र कलाकारलाई उक्त सम्झौतामा हस्ताक्षर नगरे जे पनि गर्न सक्ने ध म्की दिइन्छ ।‘उनले आफुले सो कम्पनीको सम्झौता नमान्दा यस्तै अवस्थाको सामना गर्नुपरेको बताएका छन् ।
अभिनव कश्यपले लेखे, ‘दबंगको १० वर्षपछि यो हो मेरो कहानी । यसै कारणले मैले १० वर्ष अघि दबंग–२ बनाउन पछि हटेँ किनभने अरबाज खानले सोहेल खान र आफ्नो परिवारसँग मिलेर मेरो करियर नियन्त्रण गर्ने कोसिस गरे र यसका लागि हरेक तरिका अपनाउँदै मलाई ध म्की दिए ।’
अरवाज खानले श्री अष्टविनायक फिल्म्सका प्रमुख राज मेहतालाई फोन गरेर मेरा अन्य प्रोजेक्ट रोकिदिएपछि आफुले निकै ठूलो समस्याको सामना गर्नुपरेको उनले बताएका छन् । त्यस पछि अर्को फिल्म कम्पनीसंग जोडिदा फेरी सोहेलले फोन गरेर उनलाई पनि भ’ड्काइदिएको आरोप छ ।
जसका कारण उनले ७ करोडको आफ्नो साइनिङ अमाउन्ट पछि ९० लाख ब्याजसहित फिर्ता गर्नुपरेको बताएका छन् ।सोहेलले आफ्ना प्रोजेक्ट रोक्ने मात्र होइन ज्यान मा’र्ने , परिवारका सदस्यलाई बलात्कार गर्ने ध’म्की समेत दिएको उनको आरोप छ । त्यस विरुद्ध प्रहरीकहाँ रिपोर्ट गर्न जाँदा पनि आफ्नो कुराको सुनुवाई नभएको उनको भनाई छ । उनले सलमानको परिवार वि’षालु सर्पको टाउकोको संज्ञा दिएका छन् ।