कोभिड विरुद्धको भ्याक्सिन स्याङ्जामा पुग्यो

स्याङजा, कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ ।

भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो ।
भारत सरकारले उपलब्ध गराएको भ्याक्सिन सरकारले जिल्ला जिल्लामा पठाउँन सुरु गरेको छ । नेपाल सरकारले जिल्लाको लागि पाठाएको १ सय ७१ भायल १७ सय १० डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन सोमबार प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको छ ।

सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी,सरसफाइकर्मी, एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारिहरुलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा