फाभिर–२०० बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध

देउराली जनता फर्मास्युटिकल्सले कोरोनाको मध्यम संक्रमण भएका बिरामीलाई ‘फाभिर–२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ ।

नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गरेको ‘क्लिनिकल ट्रायल’बाट फाभिर २०० ट्याबलेट प्रभावकारी देखिएकाले बजारमा लैजाने अनुमतिका लागि आग्रह गरिएको कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताउनुभएको छ ।

कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले कोरोना सङ्क्रमितका निम्ति प्रभावकारी औषधि फाभिर २०० उत्पादन गरेर कोभिड–१९ को उपचारमा योगदान गर्न सघाएका सम्बद्ध पक्षप्रति आभार व्यक्त गर्र्दै गुणस्तरीय औषधि उत्पादन गरी राष्ट्रलाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता दोहो¥याउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको असल व्यावसायिक अभ्यासलाई आत्सात् गर्दै कम्पनीले ३३० किसिमका औषधि उत्पादन गरी औषधिप्रतिको मुलुकको परनिर्भरता घटाउन टेवा दिँदै आएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा