नेपालमा पछिल्लो २४ घण्टामा थप कति जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ। हाल देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा गत २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा