प्रधानमन्त्री ओलीको पक्षमा शक्ति प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई नै जनताको साथ रहेको प्रमाणित भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा शक्ति प्रदर्शन गर्न नेकपा बागमति प्रदेश कमिटीले आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित जनसभामाको सहभागिताबाटै जनता ओलीकै पक्षमा रहेको स्पष्ट भएको हो ।

ओली नेतृत्वको नेकपाले आयोजना गरेको जनसभामा उपस्थित सहभागी अहिलेसम्मकै सवैभन्दा बढी हो । नेकपाले आजको सभामा कम्तीमा दुई लाख जनता उतार्ने घोषणा गरेको थियो ।

घोषणाअुनुसार नै जनता उल्लेख्य मात्रामा सहभागी भएका हुन । आजको सभामा जयनेपालदेखि केशरमहल, जमल घण्टाघरदेखि नारायणहिटी संग्राहलय अगाडि रहेको मञ्चसम्म नै खचाखच रहेको थियो ।

ओली नेतृत्वको नेकपाले आमसभामा जनता अटने ठाउँ खोज्दै जाँदा दरवारमार्ग रोजेको थियो । अन्य दलले २०–२५ हजार उपस्थित भए भरिने स्थल खोजे पनि ओली पक्षले कम्तीमा दुई लाख जनता सहजै अटन सक्ने गरी स्थान खोजेको थियो । सोही अनुसार जनसभामा अत्यधिक धेरै उपस्थित गराइएको हो ।

सभामा उपस्थित जनता देखेर प्रधानमन्त्री ओली निकै खुसी बन्नुभयो । उहाँले उपस्थितिले नै देशको तथ्य बताएको भन्दै अव कोही भ्रममा रहनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

बृहत आमसभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘यो आमसभा कास्टिङ्ग मात्र हो, हामीले साच्चै आमसभा गर्नुपरे काठमाडौंका सवै सडकमा साउन्ड सिष्टम राखेर आमसभा गर्नुपर्ने दिनपनि आउन सक्छ ।’प्रधानमन्त्रीले अर्को कास्टिङ्ग फागुन १ गते बुटवलमा र ८ गते बिराटनगरमा हुने बताउनुभयो ।

सरकारको बिरोध गदै आलोचना गर्ने साथीलाई मन थामेर बस्न उहाँको आग्रह थियो । प्रधानमन्त्रीले भन्नुभयो,–‘हेर्दे जानुस नेपाल कता जान्छ , सामाजिक न्याय र समृद्धि सहितको देश बनाउने अभियानमा अब कसैले रोक्न सक्दैन ।’

आमसभालाई संवोधन गर्नुहुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै निर्वाचन गरेर देश सङ्कटमा नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब कसको सरकार बन्नुपर्छ,कसले विकास गर्दछ, सबैको फैसला जनताले गर्नेछन्, देश चुनावतर्फ गयो गयो, अब चुनावले नै फैसला गर्नपर्छ ।’ उहाँले भन्नुभयो, ‘अब कसको सरकार बन्नु पर्छ चुनावले फैसला गर्छ ।’

कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले केही मान्छेहरू निर्वाचन आयोगमा गएर निर्वाचनको तयारी रोक भनिरहेको बताउँदै, आयोग र अदालतलाई धम्काउनेहरू लोकतन्त्र विरोधी भएको बताउनुभयो ।

देशका स्वतन्त्र निकायले विवेकपूर्ण ढङ्गले निर्णय लिने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘कतिपय मान्छेहरू निर्वाचन गर्दा देश सङ्कटमा पर्छ भनेर कराइरहेका छन्,जनताले अभिमत प्रकट गद्दार, जनताले आफ्नो फैसला आफै गर्दा देश सङ्कटमा पर्दैन ।’ उहाँले थप्नुभयो,देश सङ्कट त कुनामा बसेर षडयन्त्र गर्दा पर्छ ।’

प्रधानमन्त्री ओलीले जनताको चेतना स्तर माथि उठिसकेको बताउँदै अब कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताउनुभयो । प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था हुँदा संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसद् विघटन गर्नसक्नेभन्दै उहाँले ताजा जनादेश लिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।

‘हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने र व्यवधान खडा गर्ने र सरकारलाई बदनाम गराउन खोज्नेहरूलाई जवाफ दिन ताजा जनादेश नै उपयुक्त हो ।’ प्रधानमन्त्रीको भनाई थियो ।

आफूले लोकतन्त्रका लागि जीवनभर लडेको बताउँदै प्रधानमन्त्री ओलीले आफूले सङ्घीय लोकतन्त्रीक गणतन्त्रलाई सुद्घिण पारिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अब कसैले लोकतन्त्र मास्न सक्दैन, लोकतन्त्र सुद्घिण छ । जनता सचेत छन् ,कसैले लोकतन्त्रलाई केही गर्छु भनेर नसोचे हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा