लसुन : कोलेस्टेरोलको मात्रा नियनत्रण गर्ने देखि मुटुका लागि अत्यन्तै लाभदायक हुन्छ।

काठमाडौ,बिनोद अधिकारी

प्राचिन समय देखिनै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा प्रयोग हुने गरेको लसुन पनि एक महत्वपूर्ण घरेलु औसधि हो। लसुन स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा अतिनै मिटो हुने गर्दछ । प्राय मानिसहरुको भान्सामा नियमित प्रयोगमा आउने गर्दछ । लसुन सेवन गर्दा हाम्रा् शरीरलाई कति फाइदा हुन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ।

लसुन खानुका फाइदा : लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ। आयुर्वेदिक मतअनुसार लसुनले वातकफ नास गर्छ , दुखाई शान्त पार्छ। लसुन सेवन मुटुका लागि समेत लाभदायी हुन्छ। यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ |

महिनावारी ठिक राख्छ,विर्य बढाउने गर्दछ। पिसाबको समस्या , सुन्निने समस्या आदिमा पनि लहसुन लाभदायक छ। यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ। पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ। साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको सेवन कामयावी हुन्छ। गर्भाअवस्थामा भने यसको प्रयोग अहितकर हुन्छ|

विभिन्न रोगहरुको उपचारमा लहसुनको प्रयोग :

१ ग्यास्टिक

२ चिलाउने समस्या

३ बच्चाको रुघाखोकी

४ जोर्नी दुख्ने र सुन्निनेमा

५ अपच

६ कब्जियत

७ हड्डीको टीबी

८ रक्तचाप

९ घाउ

१० बाथ

११ जलोदर

१२ पुरानो खोकी

१३ पिसाबमा रोकावट

१४ मधुमेह

१५ बाडुली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा