बिहान खाली पेटमा कागती पानी खानुको ७ फाइदा यस्ता छन् |

काठमाडौँ \ बिनोद अधिकारी

मन तातो पानीमा कागती मिसाएर पिउनु निकै लाभदायक मानिन्छ । बिहान उठ्ने बितिकै प्रायः मानिसहरु चिया पिउने गर्छन् । तर, खाली पेटमा तातो चिया पिउनु लाभदायक मानिँदैन ।
खाली पेटमा तातो पानीमा कगती मिसाएर खानुका फाइदा यस्ता छन्ः

१. बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनाले पेट राम्ररी सफा हुन्छ ।

२. तातो कागती पानी सेवन गर्नाले शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

३. कागती पानीको सेवनले मुख र सासको गन्ध हट्छ । यसमा रहेको भिटामिन C ले तपाईंलाई फाइदा पुग्छ ।

४. पाचन तन्त्रलाई फाइदा गर्नुका साथै पेटको समस्या हटेर जान्छ ।

५. खाली पेटमा कागती पानी पिउनाले बढ्दो मोटोपन नियन्त्रण हुन्छ ।

६. ५।६ थोपा कागतीको रसलाई मनतातो पानीमा मिलाएर एक एक घन्टाको अन्तरमा पिउनाले रुघाखोकी ठिक हुन्छ।

७. कागती पानी बारम्बार पिउनाले पहेलो पिसाब आउन निको हुन्छ |

* कागतीको रसमा तिल पिसेर अनुहारमा लेप लगाउने तिन घण्टापछि तातो पानीले धुने डण्डीफोर निको हुन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा