बैशाख /१४। प्रदिप भण्डारी।
यस दिन सन्तानहरूले बिहानै उठेर नुहाई–धुवाई गरी आमालाई मीठा परिकार, नयाँ वस्त्र, फलफूल र उपहार चढाउने चलन छ। आमाको हातबाट प्रसादस्वरूप मिठा खानेकुरा ग्रहण गरिन्छ र जीवनका हरेक मोडमा सफलता र सुखको आशीर्वाद लिइन्छ। जसका आमा दिवंगत भइसकेका छन्, उनीहरूले मातातीर्थ कुण्डमा स्नान गरी तर्पण, पिण्डदान र दीपदान गरेर दिवंगत आमाप्रति श्रद्धाञ्जलि अर्पण गर्छन् ।





