विपद्का बेला भ्रामक सूचना रोक्न सरकारले प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने

काठमाडौँ । प्राकृतिक विपद्को समयमा विभिन्न माध्यमबाट फैलाइने भ्रम र अफवाह रोक्न सरकारले हरेक एक घण्टामा आधिकारिक प्रेस विज्ञप्ति जारी गर्ने व्यवस्था मिलाएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) मार्फत प्रत्येक घण्टा सूचना सार्वजनिक गरिने जानकारी दिएका हुन्। उक्त विज्ञप्तिमा उद्धार कार्यको पछिल्लो अवस्था, राहत वितरण, जनशक्ति तथा साधन स्रोत परिचालनको अध्यावधिक विवरण समावेश हुनेछ।

विभिन्न सामाजिक सञ्जाल तथा अनधिकृत माध्यमबाट गलत सूचना सम्प्रेषण भई नागरिकमा अनावश्यक भय र त्रास फैलिएको गुनासो आएपछि सरकारले यो कदम चालेको हो। गृह मन्त्रालयले आम नागरिकलाई आधिकारिक निकायबाट सम्प्रेषित सूचनालाई मात्र विश्वास गर्न र यो संकटपूर्ण समयमा जिम्मेवार भई उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा