राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा दुई महत्त्वपूर्ण विधेयकहरू औपचारिक रूपमा पेस भएका छन्। बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस गरिएका हुन्। सरकारको तर्फबाट सम्बन्धित मन्त्रीहरूले सदनसमक्ष ती विधेयकहरू छलफलका लागि प्रस्तुत गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रतिनिधि सभामा पेस गर्नुभएको थियो। त्यसैगरी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुभएको हो। विधेयक पेस गर्नुअघि दुवै मन्त्रीले प्रतिनिधि सभा नियमावलीअनुसार विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूबाट कुनै पनि विरोधको सूचना दर्ता नभएपछि सभामुख डोलप्रसाद अर्यालले दुवै विधेयक पेस गर्न अनुमति दिनुभएको थियो। विधेयकहरू संसद्मा पेस भएसँगै अब यी विधेयकमाथि सैद्धान्तिक छलफल हुने र संशोधन प्रस्तावका लागि सांसदहरूलाई समय उपलब्ध गराएर दफावार छलफलको प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा