मौसम अपडेट: भोलि पहाडी र हिमाली भेगका थोरै स्थानमा वर्षा र हिमपात, तराईमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । मुलुकभर मौसमी प्रणालीमा सुधार आएसँगै आज (सोमबार) राति देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका सम्पूर्ण तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले जारी गरेको पछिल्लो मौसमी बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका हिमाली र पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यता मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण तराई भू-भागमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा