दसैँमा उपत्यकाबाट १५ लाख यात्रु बाहिरिने अनुमान: ट्राफिक र सडक विभागको विशेष तयारी

काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँको अवसरमा यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । यसैबिच यात्रु र सवारीसाधनको बढ्दो चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी र सडक विभागले सुरक्षा तथा यातायात व्यवस्थापनका विशेष तयारीहरू अगाडि बढाएका छन् ।

बढ्दो यातायात चापलाई मध्यनजर गर्दै नागढुङ्गा नाकामा हुने भार १५ देखि २० प्रतिशतले घटाउन पूर्वतर्फ जाने सवारीसाधनलाई बीपी राजमार्ग र कान्ति लोकपथतर्फ डाइभर्ट गरिने भएको छ । नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक बस तथा माइक्रोलाई प्राथमिकता दिइनेछ भने मालवाहक सवारीलाई पुरानै सतह सडकबाट पठाइनेछ । ट्राफिक व्यवस्थापनका लागि २१ वटा पार्किङ जोन र ५३ वटा हेभी उपकरण तैनाथ गरिनेछन् । साथै, सर्वेक्षणमा ५२ प्रतिशत यात्रुले अनलाइन टिकटको माग गरेका छन् भने १६ हजारभन्दा बढी बसहरू परिचालनको प्रबन्ध मिलाइएको छ ।

संसदीय समितिको प्रतिवेदनले लामो दूरीका सवारीमा अनिवार्य दुई जना चालक, कडा फिटनेस जाँच, ट्राफिक प्रहरीका लागि सिफ्ट प्रणाली र मुख्य स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गर्न सिफारिस गरेको छ । यातायात क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित र भरपर्दो बनाउन ‘सार्वजनिक यातायात प्राधिकरण’ को गठन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा