उत्तर कोरियासँगको तनावबिच दक्षिण कोरियाली राष्ट्रपतिद्वारा विश्वास पुनःस्थापित गर्दै वार्तामा आउन आह्वान

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै लामो समयदेखि अवरुद्ध वार्ता प्रक्रिया अघि बढाउन आह्वान गरेका छन्।

दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले दुई देशबिचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा हालै भएको विस्फोटको घटनापछि उत्पन्न तनावलाई चिर्दै संवादमा फर्कन आग्रह गरेका हुन्। गत सेप्टेम्बर २१ मा डिएमजेडमा भएको विस्फोटमा तीन जना दक्षिण कोरियाली सैनिक गम्भीर घाइते भएका थिए। दक्षिण कोरियाले उक्त घटनालाई युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन भन्दै उत्तर कोरियालाई जिम्मेवार ठहराएर माफी माग्न आग्रह गरे पनि उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले भने संलग्नता अस्वीकार गर्दै अनुसन्धानको निष्कर्षलाई तथ्यहीन भनेकी छिन्।

यस घटनाले कोरियाली प्रायद्वीपमा लामो समयदेखि कायम राजनीतिक तथा सैन्य तनावलाई थ aप बढाएको छ। दुई छिमेकी राष्ट्रबिचको बढ्दो चिसोपन र सैन्य टकरावका घटनाहरूले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर चुनौती थपेको बेला आएको यो कूटनीतिक आह्वानले आगामी दिनमा तनाव समाधानका लागि नयाँ मार्ग खोल्न सक्ने वा नसक्ने भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा