सेयर बजारमा सामान्य गिरावट: नेप्से ६.३८ अंकले घट्दा कारोबार रकम ३ अर्ब ७४ करोडमाथि

काठमाडौँ । साताको चौथो कारोबार दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा झरेर बन्द भएको हो। परिसूचक सामान्य घटे तापनि बजारमा कारोबार रकम भने ३ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

आज ३५९ वटा कम्पनीका १ करोड ३ लाख ६८८ कित्ता सेयर ३९ हजार ४६६ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा रोकिएको छ। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ वटा समूहको परिसूचक राताम्मे हुँदा एउटा उपसमूहमा मात्र हरियाली छाएको छ।

यस दिन कारोबार भएका कम्पनीहरूमध्ये १०० वटाको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ र १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.२५ प्रतिशतले वृद्धि हुँदै शीर्ष स्थानमा रह्यो। त्यसैगरी घलेम्दी हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स र पिपुल्स हाइड्रोपावरलगायतका कम्पनीहरूको सेयर सर्वाधिक कारोबार भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा