बुढीगण्डकी बाढी : सेनाद्वारा ४९ जनाको उद्धार

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीमा फसेका ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ । सेनाले आइतबार सूचना जारी गर्दै उद्धार गरिएको जानकारी दिएको हो ।

सेनाका ४ वटा हेलिकप्टर र स्थलमार्गबाट खटिएको सुरक्षा टोलीले ती व्यक्तिको उद्धार गरेको हो । हवाई र स्थल दुवै माध्यम परिचालन गरेर उद्धार कार्य सञ्चालन गरिएको सेनाले जनाएको छ ।

अहिले अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा थप खोज तथा उद्धारको काम भइरहेको सेनाले जनाएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा