प्रधानमन्त्री केपी शर्मा ओलीलेआफू असफ भए पनि देशलाल हुन नदिने बताउनुभएको छ । दाङमा नवनिर्मित पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई साथमा लिएर देश विकास गर्ने बताउनुभएको हो ।
पार्टी विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिएको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बैठक छोडेर चौतारीमा बसेर अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिडेका छन्, त्यो पनि निर्वाचन आयोगले खत्तम पार्दिएछ ।’
नेकपा ओली समूहद्वारा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाटै हटाउने भनी अर्को समूहले गरेको निर्णयप्रति व्यंग्य गर्नुभएको छ । उहाँले अहिले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायौं रे, हाँस्न मन लाग्दैन ? भन्दै प्रश्न गर्नुभयो ।
‘विरोधीहरुले चाहँदैमा केही हुँदैन, उहाँहरुले त भरसक केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्नुहुन्छ । उहाँहरूले भनेर त हुने होइन ।’
नेपालकै दोस्रो लामो पुल ९२ करोड ६९ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । ८ सय ६० मिटर लामो पुल १०.५ मिटर चौडा रहेको छ। नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा रहेको छ । जसको लम्बाइ १ हजार १५ मिटर छ ।
समयम अगावै पुल निर्माणको काम सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीले निर्माण कम्पनी तथा सरोकारवालाई धन्यवाद पनि दिनुभयो । चार वर्षमा निर्माण गरिसक्ने लक्ष राखिएको पुल दुई वर्ष नौ महिनामा सम्पन्न भएको हो।