नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमा बन्द गराउँदै हिड्ने ७६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंबाट मात्रै ७६ जना नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पनि छन् । उनी कलंकीबाट पक्राउ परेकी हुन् । शाक्यसहित कलंकीबाट ८ जना दाहाल-नेपाल समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
यस्तै भक्तपुरबाट १ जना पक्राउ परेका छन् । अहिलेसम्म उपत्यकामा मात्रै ७६ जना पक्राउ परेका र बन्द गराउँदै हिडेका अरुलाई पनि पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
दाहाल-नेपाल समूहले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीको कमदविरुद्ध आम हड्ताल आह्वान गरेपनि गृह मन्त्रालयले भने बजार पसल खोल्न भनेको छ । गृहको निर्देशनअनुसार बन्द गराउँदै हिडेका नेता कार्यकर्तालाई पक्राउ गर्न थालिएको प्रहरीले जनाएको छ ।