अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार

नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमाका दिन प्रहरीले आज विहानै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।

नेकपाका एक नेताले दिएको जानकारी अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा ‘प्रचण्ड–नेपाल’ ले बिहीबार आम हड्ताल आह्वान गरेको छ ।

सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो । आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा