गोंगबुमा एक ट्याक्सीमा आगजनी

नेकपाको दाहाल-नेपाल समूहका कार्यकर्ताले गोंगबुमा एक ट्याक्सीमा आगजनी गरेका छन् । गोंगबुमा रोकिराखेको कुम्भनारायण श्रेष्ठको प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा दाहाल-नेपाल समूहका कार्यकर्ताले आगजनी गरेका हुन् ।

बिहान ५ बजे ट्याक्सीमा आगजनी गरेका दुई जना फरार रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए । ट्याक्सीमा लगाएको आगो दमकल बोलाएर निभाइएको सिंहले जानकारी दिए । ट्याक्सी जलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा (प्रचण्ड–नेपाल खेमा) बिहीबार आम हड्तालको आह्वान गरेको हो ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आकश्मिक रुपमा आम हड्ताल गर्ने घोषणा गरेको हो । यसैबिच गृह मन्त्रालयले बन्द गराउनेलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा