फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुन्छ,प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्नेगरी काँग्रेस, राजपासहित अन्य पक्षसँग छलफल चलिरहेको बताएका छन् ।

बिहीबार आमहड्तालका क्रममा सडकमा आएका प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादखि संयुक्त आन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’

आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।

‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने।

उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए ।

उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्‍याली भएको बताए।

‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ,’ प्रचण्डले भने,‘हामीले जनआन्दोलन गरिरहेका छौं। उहाँहरू पञ्च र्‍याली गर्दै हुनुहुन्छ।’

ओलीले संविधान मिच्दै हिजो असंवैधानिक ढंगले संवैधानिक परिषद्मा सपथ गराएको भन्दै यसलाई आफूले जंगली राजा जस्तै भएको ठानेको बताए । उनले आफूहरुको आन्दोलनमा नेपाली जनता साथमा रहेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा