आज विश्व क्यान्सर दिवस मनाइँदै

क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।

अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् ।विकासोन्मुख देशहरुमा भने हेपाटाइटिस बी, सी, ह्यूमन प्यापीलोमालगायत भाइरसले पनि क्यान्सर हुने गरेको छ । यस्तै ५ देखि १० प्रतिशतसम्म पुस्तैनी रुपमा आनुवांशिक क्यान्सर हुने गर्छ ।

सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने डाक्टरको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा