प्रहरीको लाठी चार्जबाट घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौ लगिने

जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएकामध्ये पूर्वमन्त्री मातृका यादव र रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौ लगिने भएको छ ।

प्रहरीको लाठी चार्जबाट घाइते भएका यादव र झासहित शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको अवस्था गम्भीर देखिएकोले थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो ।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पतालका मेसु डा प्रमोद यादवले जानकारी दिए । हाल उनीहरूको प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनका अनुसार झाको टाउकोमा, यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ । नगरप्रमुख बरबरिया र नेता साहलाई टाउको र शरीरका अन्य भागमा चोट देखिएको छ ।

घाइतेहरूलाई थप उपचारका लागि काठमाडौस्थित टिचिङ्ग अस्पतालमा लगिने तयारी भइरहेको संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा