छिटो बयानमा आउनु भन्दै तत्कालीन गृहमन्त्री लेखकलाई आयोगको पत्र

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएको छ ।

मंगलबार आयोगले बयान दिन आउन भन्दै पत्राचार गरेको हो । बयानमा नआए कानुनी कारबाही अघि बढाइने आयोगले जनाएको छ ।

लेखकलाई बयानमा आउन करिब एक साताको समय दिने आयोगको तयारी छ । त्यसपछि प्रक्रिया अगाडि बढाइने छ ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने पत्राचार गरिएको छैन।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यसक्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा