काठमाडौंका सीडीओ छविलाल रिजालसहित ३ जनाको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले पूर्व गृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ ।आयोगले उनीहरूको बयान लिएपछि स्थानहद फुकुवा गरेको हो ।

गत भदौ २३ र २४ गते नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न बनेको आयोगले तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी (प्रहरी महानिरीक्षक) चन्द्रकुबेर खापुङ र काठमाण्डौका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो ।

अयोगले गएको कात्तिक २७ गते तीन जनामाथि विदेश भ्रमणमा रोक्का लगाएको थियो भने आयोगको स्वीकृतिविना काठमाडौं उपत्यका छाड्न रोक लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा