काठमाडौं । नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा मिसिएका छन् । राप्रपा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा मंगलबार तीन पार्टीबीच एकीकरण भएको हो ।
एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिन्ह कायम राख्ने सहमति भएको छ ।
एकीकृत पार्टीले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउएको छ ।
एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।








