पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका बुवाकाे निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।

उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्या झेल्दै आएका भट्टराईको स्वास्थ्य अवस्था जटिल बनेपछि गत बुधबार उनलाई अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।

स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाट लगिएको छ। पारिवारिक स्रोतका अनुसार, पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। भट्टराईकी छोरी मानुषी यमि भट्टराईले अस्पतालको प्रक्रिया सकिएलगत्तै पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको जानकारी दिइन्।

गोरखामा जन्मी जीवनको लामो समय कृषि र सामाजिक कार्यमा बिताएका भोजप्रसाद भट्टराईलाई एक सादगी र सरल व्यक्तित्वका रूपमा चिनिन्थ्यो।

उनको निधनको खबरसँगै विभिन्न राजनीतिक दलका नेता, शुभचिन्तक र आफन्तहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा