ओलीसँगको चुनावी भिडन्तअघि झापा ५ मा बालेनको सम्पर्क कार्यालय तोडफोड

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ काे सम्पर्क कार्यालयमा ताेडफाेड गरिएकाे छ।

झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको हाे ।

उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

अज्ञात समूहले गरेको ढुङ्गा प्रहारबाट कार्यालय रहेको घरको एउटा झ्यालको सिसा फुटेको छ। तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरूमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाउकाे छ।

झापा ५ बाट यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् । बालेन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्प्रधामा उत्रिएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा