उपत्यकाका १५ मध्ये कम्तीमा १० सिट एमालेले जित्छ: महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये एमालेले कम्तीमा १० सिट जित्ने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नेता बस्नेतले उपत्यकाका सबै सिट जित्ने गरी तयारी गरिए पनि १० सिटमा पार्टीको विजय सुनिश्चित रहेको बताएका हुन्।

अघिल्लो निर्वाचनको समीक्षा गर्दै सचिव बस्नेतले पाँचदलीय गठबन्धन र नयाँ राजनीतिक दलहरूप्रतिको आकर्षणका कारण एमाले दुई सिटमा खुम्चिनुपरेको स्वीकार गरे। तर, अहिले परिस्थिति बदलिएको जिकिर गर्दै उनले भने, “अघिल्लो पटक गठबन्धन र स्वतन्त्र उम्मेदवारहरूको लहरका बीच हामीले चुनौती खेप्यौँ, तर यसपटक मतदाताहरू एमाले नै देशको सही विकल्प हो भन्ने निष्कर्षमा पुगिसकेका छन्।”

उनले उपत्यकाका मतदाताहरू बौद्धिक र शिक्षित रहेकाले उनीहरूको मत सधैँ स्थिर नरहने र परिवर्तनशील हुने तर्क गरे। कतिपयले मतदातालाई पैसामा किनबेच हुने आरोप लगाउने गरेकोमा आपत्ति जनाउँदै बस्नेतले त्यस्ता टिप्पणीले उपत्यकावासीको अपमान हुने बताए। “उपत्यकावासी सानो परिघटनाबाट प्रभावित हुन सक्छन्, तर उनीहरूले यसपटकको अनुभवबाट एमालेलाई नै रोज्ने हाम्रो विश्वास छ,” उनले थपे।

राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूको क्रेज अब पहिले जस्तो नरहेको दाबी गर्दै बस्नेतले एमालेले यसपटक ‘उपत्यकाका १५ सिट एमालेको सुनिश्चित’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिने बताए। संगठन सुदृढीकरण र जनतासँगको प्रत्यक्ष संवादका कारण एमालेको पक्षमा जनलहर सिर्जना भएको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा