बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन: ६ महिला मन्त्रीसहित यस्तो बन्यो नयाँ टिम

काठमाडाैं । मुलुकले आज नयाँ कार्यकारी प्रमुखका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई पाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन्।

ऐतिहासिक दुईतिहाइ बहुमतसहित सत्ताारोहण गरेका बालेनसँगै आजै बाँकी १४ मन्त्रीले पनि राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाउने व्यवस्था भए पनि १५ सदस्यीय मन्त्री परिषद गठन गरिएको हाे ।

बालेन सरकारको अर्को रोचक पक्ष भनेको यसपटक कसैलाई पनि उपप्रधानमन्त्री बनाइएको छैन। प्रधानमन्त्री आफैँले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने केही मन्त्रीहरूलाई दुईवटा मन्त्रालयको कार्यभार सुम्पिएको छ।

१५ सदस्यीय मन्त्रिमण्डलमा यसपटक ५ जना महिला मन्त्रीहरूले स्थान पाएका छन्। जसमा सोविता गौतम, नीशा मेहता, प्रतिभा रावल, गिता चौधरी र सीता बादी रहेका छन्।

नयाँ क्याबिनेटमा अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले पाएका छन् भने गृह मन्त्रालयको चुनौतीपूर्ण भार सुधन गुरुङको काँधमा आइपुगेको छ। त्यस्तै, परराष्ट्रमा शिशिर खनाल र ऊर्जामा विराजभक्त श्रेष्ठले कार्यभार सम्हालेका छन्।

यस्तो छ बालेनको पूर्ण मन्त्रिपरिषद्:

१. बालेन्द्र शाह: प्रधानमन्त्री (रक्षा / उद्योग, वाणिज्य तथा आपूर्ति)
२. डा. स्वर्णिम वाग्ले: अर्थ मन्त्री
३. सुधन गुरुङ: गृह मन्त्री
४. शिशिर खनाल: परराष्ट्र मन्त्री
५. सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात / शहरी विकास मन्त्री
६. विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
७. खड्गराज पौडेल: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
८. सस्मित पोखरेल: शिक्षा, विज्ञान तथा प्रविधि / युवा तथा खेलकुद मन्त्री
९. नीशा मेहता: स्वास्थ्य तथा जनसंख्या / खानेपानी मन्त्री
१०. डा. विक्रम तिमल्सिना: सञ्चार तथा सूचना प्रविधि मन्त्री
११. प्रतिभा रावल: संघीय मामिला तथा सामान्य प्रशासन / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
१२. सोविता गौतम: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
१३. गिता चौधरी: कृषि तथा पशुपन्छी विकास / वन तथा वातावरण मन्त्री
१४. दीपककुमार शाह: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
१५. सीता बादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा