रास्वपाले टुङ्ग्यायो संसदीय समिति सभापतिका उम्मेदवार: लेखा समिति भने प्रतिपक्षलाई छोड्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापति पदका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ। बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले २ वटा संयुक्त र १० वटा एकल गरी कुल १२ वटा संसदीय समितिका लागि उम्मेदवारहरूको नाम तय गरेको हो।

बैठकले लोकतान्त्रिक मूल्य र संसदीय परम्परालाई सम्मान गर्दै ‘सार्वजनिक लेखा समिति’ को सभापति पद भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ। ‘मिनी संसद्’ का रूपमा चिनिने यी समितिहरूको नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ। निर्वाचनको कार्यतालिका अनुसार आज बिहीबार नै उम्मेदवारी मनोनयन दर्ता गर्ने प्रक्रिया अघि बढेको छ।

रास्वपाको यस बैठकमा प्रधानमन्त्री बालेन शाहलगायतका सांसदहरूको पनि उपस्थिति रहेको थियो। संसदीय समितिहरूमा योग्य र क्षमतावान् नेतृत्व पठाएर संसदीय कामकारबाहीलाई थप प्रभावकारी र पारदर्शी बनाउने रणनीति रास्वपाले लिएको छ। सत्तापक्ष र प्रतिपक्षबीच समिति सभापति बाँडफाँडको विषयमा छलफल भइरहेका बेला रास्वपाले लेखा समिति प्रतिपक्षलाई छोड्ने घोषणा गरेर राजनीतिक सौहार्दताको सन्देश दिन खोजेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा