पार्टीभित्र रडाको गर्नेहरू आफ्नो बाटो लागे हुन्छ: संयोजक प्रचण्डको कडा चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र बसेर बखेडा झिक्ने नेताहरूलाई लक्षित गर्दै अर्थपूर्ण चेतावनी दिनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७औँ वर्ष पूरा भएको अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सच्चिन नचाहनेहरू पार्टीमा बसिरहनु आवश्यक नरहेको बताउनुभयो।

“हामीले एकता गरेका छौँ, कसैलाई फुत्किन त दिँदैनौँ, तर यहाँ बसेर रडाको गर्ने चाहिँ नबसे हुन्छ। आफ्नो बाटो लागे पनि हुन्छ,” प्रचण्डको चेतावनी थियो। उहाँले थप्नुभयो, “सच्चिन चाहने जति हामीसँग बस्ने हो, नसच्चिने गए हुन्छ।” प्रचण्डको यो अभिव्यक्तिले नवगठित नेकपाभित्र आन्तरिक सङ्कट र विवाद गहिरिँदै गएको सङ्केत गरेको छ।

विशेष गरी निर्वाचनपछिको समीक्षा र आगामी कार्यक्रम तय गर्न बोलाइएको केन्द्रीय कार्यसंयोजन समितिको बैठक २१ दिन बितिसक्दा पनि कुनै निर्णयमा पुग्न सकेको छैन। वरीयताको विषयलाई लिएर नेताहरूबीच तीव्र असन्तुष्टि देखिएको छ। पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले छैटौँ वरीयता माग गरे पनि सो पूरा नभएपछि उहाँ बैठकमा सहभागी हुनुभएको छैन। प्रचण्डले व्यक्तिगत रूपमा भेटेर छलफल गर्दा समेत रावलको असन्तुष्टि नमेटिएको र उहाँ पहिलो दिनको छोटो उपस्थिति पछि बैठकमा नदेखिएको नेताहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा